नियम २३
अभिलेख राख्नु पर्ने
(१) दर्ता भएको व्यक्तिले ऐन र यस नियमावलीको प्रयोजनको निमित्त देहायका सूचना, कागजात तथा विवरणहरूको अभिलेख राख्नु पर्नेछः–
(क) अनुसूची– ७ बमोजिमका सूचनाहरू,
(ख) व्यापार, लेखा, नगद प्राप्ति र भुक्तानी सम्बन्धी अभिलेख,
(ग) आफूले जारी गरेका कर बिजक तथा संक्षिप्त कर बिजकहरू,
(घ) आफूले प्राप्त गरेका कर बिजक तथा संक्षिप्त कर बिजकहरू,
(ङ) आफूले गरेको आयात र निर्यातसँग सम्बन्धित सम्पूर्ण कागजातहरू,
(च) आफूले खरिद र बिक्री गरेका वस्तु तथा सेवाको मूल्यमा घटबढ भएको प्रमाणित गर्ने सम्पूर्ण डेविट तथा क्रेडिट नोट र अन्य तत्सम्बन्धी कागजातहरू,
(छ) अनुसूची–८ र अनुसूची–९ मा उल्लेख भए बमोजिमका खरिद तथा बिक्री खाताहरू,
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विशेष प्रकारको व्यापार वा व्यवसायका निमित्त उक्त उपनियममा उल्लेख भएका मध्ये कुनै अभिलेखहरू मात्र दर्ता भएको व्यक्तिले अभिलेखको रूपमा राख्नु पर्ने गरी विभागले तोक्न सक्नेछ ।
(३) दर्ता भएको व्यक्तिले यस नियम बमोजिम राख्नु पर्ने अभिलेखहरू विभागको अनुमति लिई कम्प्युटर वा यस्तै अन्य यान्त्रिक प्रणाली वा विभागले तोकिदिए बमोजिमको तरीका अपनाई राख्न सक्नेछ ।
(४) यस नियमबमोजिम दर्ता भएको व्यक्तिले राखेको अभिलेख कर अधिकृतले कारोबार समयमा जुनसुकै बखत हेर्न सक्नेछ ।
स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि “कारोबार समय” भन्नाले सार्वजनिक बिदा बाहेक कारोबार खुल्ने तथा बन्द हुने समयको बीचको अवधि सम्झनु पर्छ ।
(५) उपनियम (४) बमोजिम कर अधिकृतले अभिलेख जाँच गर्ने सिलसिलामा मागेको अभिलेखसँग सम्बन्धित विवरण तथा कागजात दर्ता भएको व्यक्तिले आफ्नै खर्चमा मुद्रण गरी उपलब्ध गराउनु पर्नेछ ।
(६) उपनियम (४) बमोजिम कर अधिकृतले अभिलेख जाँच गर्दा निजलाई सहयोग पुर्याउनको निमित्त आवश्यक कर्मचारीहरू उपलब्ध गराउने कर्तव्य दर्ता भएको व्यक्तिको हुनेछ ।
(७) यस नियमबमोजिम राखिएका अभिलेखहरू दर्ता भएको व्यक्तिले ६ वर्षसम्म सुरक्षित राख्नु पर्नेछ ।